हल्लनचोकमा हुने ‘थ्रि मेन ए साइड’ पुरुष भलिबलको तयारी पूरा

बिहान ८ बजेदेखि खेल सुरु

पाेखरा | साउन ३२, २०८१

हल्लनचोकमा हुने ‘थ्रि मेन ए साइड’ पुरुष भलिबलको तयारी पूरा

पोखराः  पोखरा  महानगरपालिका ६ हल्लनचोकमा शनिबार (भदौं १) देखि हुने ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताको सम्पूण तयारी पुरा भएको छ ।

 

हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा हुने सो प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

 

उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिता भदौ १ देखि ३ गतेसम्म हल्लनचोकको भलिबल कोर्टमा सञ्चालन हुनेछ ।

 

थापाले प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

 प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।

 

उनका अनुसार सो प्रतियोगितामा अहिलेसम्म २५ भन्दा बढी टिमको दर्ता भइसकेको छ । भने, खेल शनिबार बिहान ८ बजेदेखि सरु हुने आयोजकले जनाएको छ ।
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्